प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङ्देनबीच भेटवार्ता



काठमाडौं । प्रतिपक्षी तीन दलका अध्यक्षहरूको भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको हो ।

राप्रपाका एक नेताका अनुसार पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहमा निम्तो दिन अध्यक्ष लिङ्देन प्रचण्ड र नेपाललाई भेट्न सिंहदरबार पुगेका हुन् ।

समसामयिक विषयमा सामान्य छलफल भएको जनाइएको छ ।

बिहीबार पनि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्तामा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका विषयमा छलफल भइरहेको बताइएको छ ।