काठमाडौं । समाजवादी मोर्चा फेरी सक्रिय हुने भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएसँगै बिभिन्न गतिबिधि सुरू गर्न लागिएको हो ।
सिंहदरबारमा भएका नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसहितको भेटमा मोर्चालाई सक्रिय बनाउने सहमति भएको नेताहरूले बताएका छन् ।
आगामी माघ २ गते समाजवादी मोर्चाका ४ घटकहरुसँग विशेष छलफल हुनेछ ।
४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) र विप्लव नेतृत्वको नेकपा
मिलेर बनेकाे समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय बनेकाे छ ।
पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने समाजवादी मोर्चामा सक्रिय छैन ।
बिहीबार प्रचण्ड र नेपालको छलफलमा मोर्चामा उपेन्द्रलाई सक्रिय बनाउने जिम्मा माधव नेपाललाई दिइएको थियो ।
प्रतिक्रिया