काठमाडौं । स्पेनिस सुपर कपको फाइनल खेल आज हुँदैछ ।
साउदी अरबको जेद्दास्थित किंस् अब्दुल्ला स्टिडियममा रियल म्याड्रिड र बार्सिलोनाबीच फाइनल खेल हुनेछ । खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ ।
सेमिफाइनलमा एथलेटिको क्लबलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको हाे ।
बुधबार राति किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको सेमिफाइनलमा एथलेटिको क्लबलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो ।
बार्सिलोनाको जितमा गाभी र लामिन यामालले समान एक गोल गरे ।
खेलको १७औँ मिनेटमा गाभीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५२औँ मिनेटमा यामालको गोलमा बार्साले अग्रता दोब्बर पार्यो ।
त्यसैगरी सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल फाइनलमा पुगेको हो ।
रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा मलोर्काका मार्टिन भाल्जेन्टले आत्मघाती गोलमा रियलको अन्तर दोब्बर भयो । रोड्रिगोले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे ।
प्रतिक्रिया