टेनेसी । अमेरिकाको दक्षिणी राज्यहरुमा गत शुक्रबार राती धेरै हिउँ परेपछि शनिबार लाखौं मानिसहरूले आवत जावत ठप्प भएर गम्भीर बन्दको सामना गर्नु परेकाे छ ।
टेनेसी राज्यको मेम्फिसमा शुक्रबार ७.५ इन्च हिउँ परेको अभिलेख गरिएको छ । जुन त्यस दिनको लागि अभिलेख मात्र नभई विगत ४० वर्ष यता एकै दिनमा शहरमा देखिएको सबैभन्दा धेरै हिउँ भएको एबिसी न्यूजले जनाएको छ ।
त्यस्तै जर्जिया राज्यको एटलान्टामा गत शुक्रबार २.१ इन्च हिउँ पर्यो । जुन सात वर्षमा अभिलेख गरिएको सबैभन्दा धेरै हिउँ पनि हो ।
यसै गरि अर्कान्सासमा १४ इन्च र ओक्लाहोमामा १ फिटसम्म हिउँ परेको । टेक्ससका केही भागहरूमा १० इन्च पुगेको छ । उत्तरी अलाबामामा पनि लगभग ५ इन्च हिउँ परेको छ ।
शनिबार बिहानसम्म हार्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तिमा ३२८ उडानहरू रद्द गरिएकाे थियाे । टेनेसी, टेक्सस र अन्य राज्यहरूमा हिउँ परेको कारण चालकहरूलाई सडकबाट टाढा रहन चेतावनी दिइएको थियो ।
प्रतिक्रिया