खो–खो विश्वकप : पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो

खो–खो विश्वकप : पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो



काठमाडौं । खो–खो विश्वकपको पुरुषतर्फ नेपालले ब्राजिललाई फराकिलो अन्तरले हराएको छ । समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपालले ब्राजिललाई १३४–८ ले हरायो ।

प्रतियाेगितामा नेपालको यो दोस्रो जीत हो । हिजो भएको खेलमा नेपालले पेरुलाई हराएको थियो भने पहिलो खेलमा भारतसित पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहीवार भुटानसँग खेल्नेछ ।

यस्तै खो–खो विश्वकपको महिलातर्फ नेपालले आजै श्रीलंकासँग खेल्दैछ । महिलातर्फ नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा जर्मनीलाई हराएको थियो । नेपाली महिला टोलीले समूह चरणको अन्तिम खेलमा भोलि बंगलादेशसँग खेल्नेछ ।

महिला र पुरुष दुवै टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।