समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने



काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिए ।

त्यस्तै, बैठकले समाजवादी मोर्चाको गति सुस्त भएको समीक्षा गरेको उनले बताए । आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै, मोर्चाको आठौँ बैठकले आगामी कार्यक्रम बनाउने जिम्मा सचिवालयका नेतालाई दिएको थियो ।

आज (बुधबार)को बैठकमा विषय समेत समेटेर माघ १२ सम्ममा सचिवालयका नेताहरूले प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय भएको प्रकाण्डले बताए । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव समूह) छन् ।