काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटरहरुको क्षमता वृद्धिका लागि ब्याटिङ क्लीनिक सञ्चालन गर्ने भएको छ । राष्ट्रिय टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले २० जना युवा ब्याटरहरुलाई ९ दिनसम्म विशेष प्रशिक्षण दिनेछन् ।
क्यानले ब्याटिङ क्लीनिकमा सहभागी हुने २० खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।
ब्याटिङ क्लीनिकका लागि छनोट भएका खेलाडीहरुमा लोकेश बम त्रितराज दास, किरण ठगुन्ना, रित गौतम, सोनु अन्सारी, सोहेल कुँवर, अभिषेक तिवारी विपिन रावल, सन्तोष यादव, नरेन भट्ट छन् । यस्तै, उत्तम थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकार, इमरान शेख, सन्तोष कार्की अर्जुन कुमाल, अंकित सुबेदी, आशुतोष घिरैया, सुजन थपलिया रअर्जुन घर्तिमगर पनि परेका छन् ।
हालै जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका मधेसका ब्याटर मयन यादव भने चोटका कारण यो स्क्वाडमा परेका छैनन् ।
आउँदो १७ देखि २५ जनवरीसम्म कीर्तिपुर र मुलपानी मैदानमा ब्याटिङ क्लीनिक आयोजना हुने क्यानले जनाएको छ ।
प्रशिक्षक देसाईंको पदावधि सम्झौता आगामी फेबु्रअरीमा सकिँदै छ ।
प्रतिक्रिया