जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट

जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट



काठमाडौं । जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लवका बलर साहब अलाम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगितामा उनले सर्वाधिक ३३ विकेट लिएका थिए ।

त्रिभुवन आर्मी फाइनलमा नेपाल पुलिस क्लवसँग पराजित भए पनि साहबलाई सर्वोत्कृष्ट छनोट गरिएको हो । फाइनलका दुई इनिङमा साहबले १२ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।

फाइनल खेलको प्लेयर अफ द म्याच भने सागर ढकाल छनोट भए । ढकालले पहिलो इनिङमा ५ र दोस्रो इनिङमा ६ विकेट लिँदै टिमलाई जिताएका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट ब्याटरको अवार्ड मधेस प्रदेशका मयन यादवलाई दिइएको छ । उनले सर्वाधिक २६८ रन बनाएका थिए । यद्यपि, मधेस प्रदेश समूह चरणबाटै आउट भएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट बलरको अवार्ड पनि साहबलाई नै मिलेको छ ।