रुपन्देही । रुपन्देहीमा एक मजदुरको कुटेर हत्या भएको छ । सियारी गाउँपालिका–७ हिरागञ्जस्थित एक इँटा उद्योगमा काम गर्दै आएका भारत गोरखपुरका ४० वर्षीय निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको छ ।
सोही उद्योगका ट्याक्टर चालक सियारी–६ का १९ वर्षीया कृष्ण केवटको कुटपिटबाट निष्ठुरीको मृत्यु भएको रुपन्देही प्रहरीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए । यसैबीच प्रहरीले कुटपिटमा संलग्नलाई केवटलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया