काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा (एमाले) मा फर्कने भएका छन् । उनले आफू एमालेमा जाने निश्चित भएको जानकारी दिदै भने, “हाम्रो तर्फबाट एमालेमा जाने निश्चित भइसकेको छ । भोलि उहाँहरूले एमाले सचिवालय बैठक बसेर निर्णय गर्नुहुन्छ । पर्सी निकाेर्सितिर प्रवेशको वातावरण बन्ने छ ।”
उनले आफू एमालेमा फर्कन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई वर्षदेखि संवादमा रहेको पनि बताए । उनले भने, “एमालेमा फर्किन दुई वर्षदेखि लागिरहेको थिएँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग संवाद जारी राखेको थिएँ । एकतामा ल्याउन मान्नुभएन । त्यसपछि एकीकृत समाजवादीमा प्रवेश गर्न छलफल गरियो । एकीकृत समाजवादीमा प्रवेश गर्न धेरै प्रयत्न गरियो । पछिल्लो पटक वातावरण बन्न सकेन ।”
उनले एमालेमा फकर्ने कुरा भए पनि वरियताका सम्बन्धमा केही कुरा नभएको जानकारी दिए । उनले भने, “फेरि केही साथीले एमालेसँग जाने कुरा गर्नुभयो । वरियताको कुरा केही भएको छैन ।”
उनले आफ्नाे पाटीका केही नेता छलफल गरेर नै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकाे जानकारी दिए ।
प्रतिक्रिया