नवनिर्वाचित कांग्रेस सभापति गगनको शपथ दिउँसो २ बजे

नवनिर्वाचित कांग्रेस सभापति गगनको शपथ दिउँसो २ बजे


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुँदैछ। कांग्रेस प्रचार समितिका अनुसार शपथग्रहण कार्यक्रम पार्टी कार्यालय, सानेपामा दिउँसो २ बजे हुनेछ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापाको शपथ लिन लागिएको हो। अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ भने दसैँपछि मात्र हुने पार्टीले जनाएको छ।