कांग्रेस नेता रामबहादुर बस्नेतको निधन

कांग्रेस नेता रामबहादुर बस्नेतको निधन



सुनसरी । नेपाली कांग्रेस सुनसरीका पूर्व पार्टी सभापति एवं तात्कालीन जिल्ला विकास समिति सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतको निधन भएको छ ।

पूर्व सभापति ७८ वर्षीय रामबहादुर बस्नेतको काठमाडौंस्थित आफ्नै निवासमा माघ ७ गते विहान निधन भएको सुनसरी कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस सुनसरी पाटी सभापति केदार भण्डारीका अनुसार स्वर्गीय बस्नेत नेपालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहँदा उनले पटकपटक जेल जीवन व्यतित गरेका थिए ।

उनी प्रजातन्त्र पुनस्र्थापनापछि २०४९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसतर्फबाट बस्नेत जिल्ला विकास समिति सुनसरीको पहिलो जिल्ला सभापति भएका थिए ।

स्वर्गीय बस्नेत नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

कांग्रेस सुनसरीले माघ ८ गते स्वर्गीय बस्नेतको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सुनसरी इनरुवामा राखी श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । आजै उनको पार्थिव शरीरलाई स्वर्गद्वारी घाट सुनसरीमा दाहसंस्कार गरिएको छ ।

बस्नेतको पार्थिव शरीरमा नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालासहितका नेताले कांग्रेसको झण्डा ओढाएको सुनसरी पाटी सचिव वीरेन्द्रकुमार शाहले बताए ।

नेपाली कांग्रेस सुनसरीले माघ ७, ८ र ९ गते सुनसरी जिल्लाको पाटीको सबै तहका कार्यालयहरुमा आधा झुकाउनुका साथै कार्यालयहरु बन्द राख्ने र स्वर्गरोहणका १३ दिनसम्म जिल्लाका सबै तहहरुमा शोक पुस्तिका राख्ने र तेह्रौ दिनमा शोकसभाको आयोजना गर्ने सुनसरी कांग्रेस सचिव विरेन्द्रकुमार शाहले जानकारी दिए ।