रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित

रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित


ग्लोब नेपाल
297
Shares

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन् । उनी विरुद्ध सुप्रिम सहकारी ठगीको अभियोग लागेर मुद्दा दायर भए सँगै उनी अदालतमा उपस्थित भएका हुन् । उनी काठमाडौं बाट मंगलबार रूपन्देही पुगेका थिए ।

अदालतमा उपस्थित भएपछि आज नै पेसी तोकेर अदालतमा उनको बयान शुुरु हुने बताइएको छ । बयान छिट्टै सकिए थुनछेक बहस समेत आज नै हुनेछ । बहस सकिना साथ उनलाई थुनामा राख्ने कि थुना बाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ ।

सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार नै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भइसकेको छ । तर, अभियोग अदालतमा पेस गर्दा एक जना पनि प्रतिवादी साथमा थिएनन् । पूरक अभियोगमा प्रतिवादी बनाइएका अभियुक्त मध्ये रवि नै अदालतमा उपस्थित हुने पहिलो अभियुक्त हुन् ।