हिमानी शाह द्वारा कालभैरवको पूजा अर्चना

हिमानी शाह द्वारा कालभैरवको पूजा अर्चना


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौँ हनुमानढोका दरबार परिसरमा रहेको कालभैरवको पूजाअर्चना गरेकी छन् ।

माघ कृष्ण अष्टमीको शुभसाइतमा बुधबार साँझ पूर्वयुवराज्ञी शाहले देश र जनताको कल्याणको कामना गर्दै कालभैरवको पूजाअर्चना गरेकी हुन् । पूजाअर्चनाका लागि हनुमानढोका दरबार परिसरमा पुगेकी शाहलाई स्थानीयले बाजागाजा सहित स्वागत गरेका थिए ।

अष्टमीका दिने कालभैरवमा गरिने पूजा तथा उपासनाले रोग, भय, संकट र दुख हरण हुने विश्वास गरिन्छ । पूर्वयुवराज्ञी शाहले विधिपूर्वक कालभैरवको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेकी छन् ।

गुरु गोरखनाथले वडामहाराजाधिराज पृथ्वी नारायण शाहलाई आशिर्वाद दिएको दिन गोरखकाली अष्टमीको शुभसाइतको अवसर पारेर पूर्वयुवराज्ञी शाह बाट कालभैरवको पूजाअर्चना गराइएको स्थानीयले बताएका छन् ।

कालभैरवको पूजा गर्दा मृत्युको भय दूर हुने, कष्ट बाट मुक्ति पाइने, नकारात्मक ऊर्जा, जादू, टुनामुना, भूतप्रेत लगायतको भयबाट पनि मुक्ति पाइने जनविश्वास रहेको छ ।