अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु



वासिंटन । अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन् । 

 
अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ ।

समाचार अनुसार टेक्सासको राजमार्गमा हिमपातका कारण भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो भने अलाबामामा पनि आँधीका कारण २ जनाको मृत्यु भएको छ । जर्जियामा हाइपोथर्मियाका कारण एक जनाको मृत्यु भएको र बाँकी अन्य राज्यमा भएको थियो ।

धेरै ठाउँमा कीर्तिमानी हिमपातका कारण विद्यालय र सरकारी कार्यालय बन्द भएका छन् । यसअघि अमेरिकाको नेशनल वेदर सर्भिसले हिउँ आँधीका कारण अमेरिकाको दक्षिणपूर्वी राज्यहरूमा भारी हिमपात, असिना र हिमपात हुन सक्ने चेतावनी दिएको थियो ।

सडक अवरुद्ध भएपछि अमेरिकाको टेक्सासदेखि फ्लोरिडासम्मको जनजीवन ठप्प भएको छ । हिमपात रोकिए पनि सडक खुल्न र हवाई सेवा सुरु हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।

अमेरिकाका धेरै राज्यहरू अहिले कडा चिसो हावासँग संघर्ष गरिरहेका छन् । यसको मुख्य कारण ध्रुवीय भोर्टेक्स भएको मानिन्छ । ध्रुवीय भोर्टेक्समा हावा घडीको उल्टो दिशामा बग्छ । ध्रुवीय भोर्टेक्स, यसको भौगोलिक संरचनाको कारण, सामान्यतया उत्तरी ध्रुव वरिपरि घुम्छ। तर जब यो दक्षिणतिर सर्छ, यसले अमेरिका, युरोप र एसियामा कडा चिसो ल्याउँने गर्छ। जसको प्रत्यक्ष असर अमेरिकाले भोगीरहेको छ ।