प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई १० विकेटले हरायो

प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई १० विकेटले हरायो



धनगढी । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई १० विकेटले हराएको छ ।

बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६ ओभर ५ बलमा १ विकेट पनि नगुमाई भेटायो । एपीएफकी ममता चौधरीले २३, राजमती ऐरीले १४ रन बनाइन् ।

यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन बनायो । खराब मौसमका कारण खेल १८ ओभरमा झारिएको थियो । बागमतीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी सुमन विष्टले ३ तथा रेखा रावल र बिनु बुढाले २/२ विकेट लिए ।

प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ को दोस्रो खेलमा अहिले सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेलिरहेका छन् ।