महाभारत जंगलको डढेलो निभाउन हेलिकाेप्टर परिचालन

महाभारत जंगलको डढेलो निभाउन हेलिकाेप्टर परिचालन



काभ्रे । सरकारले काभ्रेको महाभारत जंगलमा लागेको डढेलो निभाउका लागि हेलिकोप्टर परिचालन गरेको छ ।

गएको मंगलवार दिउँसोदेखि शुरू भएको आगो निभाउन गरेका प्रयासहरू असफल भएपछि आजदेखि हेलिकोप्टरबाट पानी खन्याउने काम भइरहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए । बेथानचोकको वडा नम्बर २ मा पर्ने गुवाभञ्ज्याङमा रहेको पार्कमा बनाइएको पाखेरीबाट पानी लगेर हेलिकोप्टरले आगलागी भएको ठाउँमा खन्याएको छ ।

डढेलो लागिरहेको जंगल खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्छ । वन्यजन्तु र जडीबुटीका लागि प्रख्यात मानिने महाभारत जंगलको १ सय हेक्टरभन्दा धेरै भू–भागमा डढेलो लागिसकेको छ । अहिले डढेलोलाई मानव बस्तीमा जान नदिन प्रयास भइरहेको र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्ने काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले पर्यटकलाई डढेलो पुग्न सक्ने सम्भावित क्षेत्रहरूमा जान रोक लगाएको छ ।