काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि संसदीय दलको बैठक आह्वान गरेको छ । मुख्य सचेतक महेश बर्तौलाले १५ माघको दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने जानकारी दिए ।
बर्तौलाका अनुसार संघीय संसद् अधिवेशन अधिवेशन सुरु हुनअघि तयारीका लागि दलको बैठक बस्न लागेको हो । १८ माघबाट संसद् अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
संसद् भवन नयाँबानेश्वरस्थित लोत्से हलमा बस्ने बैठकलाई संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया