धोकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ : एलिना चौहान

धोकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ : एलिना चौहान



काठमाडौं । गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन् ।

शुक्रबार  ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन् ।

‘धोकेबाज मलाई भनेको कि गीत ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन् ।

दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन् । उनले यो पढ्ने बेला भएकाले प्रेममा नपर्न सुझाएकी छन् ।

यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन् । ‘भर्खंर भर्खंर ब्रेकअप भएको छ । यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन ।  मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन् । त्यसपछि उनले के माया लाउछ र गीत गाएकी थिइन् ।

यसका साथै उनले तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौं तिमि, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौं, दुश्मन हेरेको हेरेई, मिनरल वाटरलगायत आधिदर्जन गीत गाएकी थिइन् ।

गायिका चौहानले काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध गत शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।