एमालेमा ओली अल्पमतमा छन्, बोल्ने हिम्मत कसैसँग छैनः घनश्याम भुसाल

एमालेमा ओली अल्पमतमा छन्, बोल्ने हिम्मत कसैसँग छैनः घनश्याम भुसाल


ग्लोब नेपाल
135
Shares

काठमाडौं । पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अल्पमतमा रहेको दाबी गरेका छन । साथै महासचिव भुसालले तर ओलीको विरोध गर्ने क्षमता कसैले पनि नराख्ने गरेको बताएका छन ।

आज शनिबार पार्टीको उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै भुसालले यस्तो दाबी गरेका हुन् । महासचिव भुसालले भने, ‘त्यहाँ (एमालेमा) निष्पक्ष भएर भोट गर्ने हो भने ओली अल्पमतमा छन्, यो कुरा सबैले बुझिराख्नुभएको होला। हामी त्यही पार्टीबाट आएको हौँ।’ तर ओली अल्पमतमा भए पनि केही फरक नपर्ने उनले बताएका छन ।

उनले भने, ‘ओलीजी अल्पमतमा भए पनि केही फरक पर्दैन। त्यहाँ ओलीजीले उठेर बोलेपछि कोही बोल्न सक्दैनन्। ओलीविरुद्ध कोही बोल्ने वाला छैनन् ।’ एमालेभित्रका नेताहरूको साहस गइसकेको पनि महासचिव भुसालले दाबी गरे । उनले भने, ‘प्वाल परेका खलालीहरू हुन्। सिद्धान्त के हो ओली। ओलीजीलाई जे लाग्यो त्यही सिद्धान्त ।

उहाँ जहाँ उभिनु हुन्छ त्यही विचार, राजनीति उहाँलाई जे फाइदा हुन्छ।’ एमालेमा एक दिन ओलीका चाकरबाहेक कोही नरहने भुसालले दाबी गरे।