काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रूपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित बनाउने बताएका छन् ।
काठमाडौं उपत्यका भौतिक विकास समितिको आइतबार सहरी विकास मन्त्रालयमा बसेको बैठकमा सिंहले काठमाडौंलाई व्यवस्थित गर्नका लागि काम सुरु गर्ने बताए ।
काठमाडौं कुनै बेला उर्बर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरुप सहरका रूपमा विकसित हुन पुगेको भन्दै सिंहले विगतका कमजोरीहरूलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने बताए ।
“धान उब्जनी हुने खेतमा अहिले घरै घर बनेको छ । काठमाडौं अव्यवस्थित सहरका रूपमा विकसित भएकाले अब विस्तारै व्यवस्थित सहरका रूपमा लैजानका लागि हामीले कुनै न कुनै विन्दुबाट काम गर्नुपर्ने हुन्छ,” उनले भने ।


प्रतिक्रिया