काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारसँग बराबरी खेलेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । चारै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको हाे ।
खेलमा म्यानमारले खेलकाे छैटाैं मिनेटमै अग्रता बनाएकाे थियाे । खेलको ११औं मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । फेरि १७औं मिनेटमा म्यानमारले अग्रता बनायाे । त्यसपछि खेलकाे ४१औं मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै खेल २–२ काे बराबरीमा ल्याइन् ।
खेलमा यीबाहेक दुवै टोलीले अरु गाेल गर्न सकेनन् । यी दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । फाइनल खेल बुधबार हुनेछ ।


प्रतिक्रिया