म्यानमारविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक

म्यानमारविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक



काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा निम्ति नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कप्तानी जिम्मेवारीमा एन्जिला तुम्बाप्पो सुब्बालाई निरन्तरता दिँदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो ।

नेपालको सुरुआती–११

एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), गीता राना, पुजा राना, समिक्षा घिमिरे, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सावित्रा भण्डारी, रेखा पौडेल