काठमाडौं । आज शुक्रबार सार्वजनिक विदा भए पनि राज्यव्यवस्था समितिको बैठक बस्ने भएको छ । संघीय निजामति सेवा विधेयकमा छलफल गर्न समितिका सभापति रामहरि खतिवडाले बैठक बोलाएका हुन् । बैठक बिहान साढे ११ बजे बस्नेछ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई समितिले अन्तिम रुप दिने तयारी गरेको छ ।
लामो अन्तरालपछि संघीय निजामती सेवा ऐनको विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ। २१ भदौको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेस गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया