काठमाडौं । कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको काठमाडौं जिल्ला अधिवेशन कार्तिक २१ गते अर्थात् आउँदो शनिबार हुने भएको छ ।
समानान्तर महाधिवेशन गर्न लागेको समूहले काठमाडौंको अधिवेशन कार्तिक २१ गते गर्न लागेको हो । अधिवेशन २१ गते शनिबारको दिन राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा हुने र निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको नेता दिनेशविक्रम शाहले जानकारी दिएका छन् ।
समूहका जिल्ला संयोजक जयकृष्ण महर्जनले अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरेका छन् । महर्जनले प्रचार संयोजकमा शम्भु प्रसाद अधिकारी, मञ्च तथा अधिवेशन व्यवस्थापनमा टेवेन्द्ररत्न शाक्य र युवा परिचालनमा दिनेशविक्रम शाह तोकेका छन् ।


प्रतिक्रिया