काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले जनसंगठनहरूमा स्थायी कमिटी नराख्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले जनसंगठनहरूको केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो ।
सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको बताए । ‘जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । अब स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय भएको छ’ पोखरेलले सचिवालयको निर्णय उद्धृत गर्दै जानकारी दिए ।
साथै उनले कमिटीहरूको संख्या घटाउने निर्णय भएको बताए । जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने पोखरेलको भनाइ छ ।


प्रतिक्रिया