नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश पारित गर्न सरकारले करोडौंको चलखेल गरिरहेको कुरा सुन्न आएको बताएका छन् । सरकारले अनेक हत्कण्डा अपनाएर पास गर्न खाेजेकाे उनकाे आराेप छ ।
नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तथाकथित दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गरेका छन् ।
दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको बताए । जे जे गरे पनि अध्यादेश पास नहुने उनकाे दाबी छ ।
उनले भने, ‘अध्यादेश त पास हुने स्थिति मैले देखेको छैन । राष्ट्रियसभामा जसरी गएको छ त्यो हेर्दा पास हुने स्थिति छैन । अनेक हत्कण्डा अपनाएर पास गरेको भन्ने सुनिन्छ । करोडौँको चलखेल हुन थालेको छ भन्ने कुरा पनि आएको छ । तर जे जे भए पनि अध्यादेश पास हुने स्थिति छैन । केही अध्यादेश त पास हुँदैनन् नै ।’


प्रतिक्रिया