काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतसँगको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियाले टस जितेको छ । दुबईमा टस जितेर अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ब्याटिङ रोजेका छन् ।
याेसँगै भारतका कप्तान राेहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा लगातार ११ पटक टस हारेका छन् । यस्तै भारतले ओडीआईमा लगातार १४ पटक टस हारेकाे हाे ।
आजकाे खेलमा अस्ट्रेलियाकाे टाेलीमा कप्तान स्मिथसँगै कूपर काेनाेली, ट्राभिस हेड, मार्नस लाबुशेन, जाेश इङ्ग्लिस, एलेक्स केरी, ग्लेन म्याक्सवेल, बेन ड्वारशुइस, नाथन एलिस, एडम जम्पा र तानभीर शाङ्घा छन् ।
यस्तै भारतकाे खेलमा कप्तान राेहितसँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, अक्षर पटेल, केएल राहुल, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, मोहम्मद शमी, कुलदीप यादव र वरुण चक्रवर्ती छन् ।
च्याम्पियन्स ट्रफीमा भारत र अस्ट्रेलियाबीच अहिलेसम्म चार पटक भेट भएकोमा भारत दुई खेलमा र अस्ट्रेलिया एक खेलमा विजयी भएको छ । एक खेल नतिजाविहीन भएको छ । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र अस्ट्रेलियाबीच एक सय ५१ पटक भेट भएकोमा अस्ट्रेलिया ८४ खेल र भारत ५७ खेलमा विजयी भएको छ । १० वटा खेल नजिताविहीन भएको छ ।
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइलनमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् ।


प्रतिक्रिया