बुधबारकाे संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमालेको पनि ह्विप जारी

बुधबारकाे संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमालेको पनि ह्विप जारी



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बुधबारकाे संसद् बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गर्ने सरकारकाे तयारी छ ।

अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य रुपमा संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो । सरकारले ६ अध्यादेश पारित गर्नका लागि भोलि संसदमा पेस गर्दैछ ।

जसपा नेपाल र लोसपा भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ ।

त्यसैगरी अर्काे सत्तारुढ दल नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरिसकेकाे छ ।