वायुकाे तीव्र वेगका कारण ४ वटा विमान डाइभर्ट

वायुकाे तीव्र वेगका कारण ४ वटा विमान डाइभर्ट



काठमाडौं । वायुकाे तीव्र वेग २० पुग्दा त्रिभुवन विमानस्थलमा ४ वटा जहाज डाइभर्ट भएको छ । एउटा जहाज अझै आकाशमा घुमिरहेको त्रिभुवन विमान स्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिएका छन् ।

४ वटा जहाजमध्ये एउटा जहाज भैरहवामा ल्याड भएको हाे भने ३ वटा जहाज भारतका विभिन्न विमान स्थलमा डाइभर्ट भएको हो ।

दुबईबाट आएको एयर अरेबियाको विमान ल्याण्ड हुन नसक्दा भारतको वाराणसी डाइभर्ट गरिएको छ । यसका साथै अन्य तीन विमान पनि ल्याण्ड हुन सकेनन् । चीनबाट आएको एयर चाइनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन नसक्दा भैरहवा डाइभर्ट गरिएको छ भने दिल्लीबाट आएको इन्डिगोको जहाज दिल्ली नै फर्किएको छ । मलेसियाबाट आएको बटिक एयर कोलकत्ता डाइभर्ट भएको छ ।

दोहाबाट आएको कतार एयरवेज आकाशमै होल्ड भएको छ । टेलविण्ड २० सम्म पुग्दा अन्तर्राष्ट्रिय जहाज अवतरण हुन नसेको प्रवक्ता शेर्पाले बताए ।