माओवादीको पदाधिकारी बैठक स्थगित

माओवादीको पदाधिकारी बैठक स्थगित



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।

आइतबार दिउँसो ३ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए ।

माओवादी केन्द्रका सबै पदाधिकारीहरू काठमाडौं आइनपुगेकाले बैठक सारिएको हो ।

बैठक सोमबार बिहान ८ बजे बस्ने महासचिव गुरूङले जानकारी दिए ।

बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।