एनएमबि बैंकको प्रमुख कार्यकारीमा गोविन्द घिमिरे र वरिष्ठ नायव प्रमुख कार्यकारीमा सुदेश उपाध्याय नियुक्त

एनएमबि बैंकको प्रमुख कार्यकारीमा गोविन्द घिमिरे र वरिष्ठ नायव प्रमुख कार्यकारीमा सुदेश उपाध्याय नियुक्त



काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे र वरिष्ठ नायव प्रमुख कार्यकारीमा सुदेश उपाध्यायलाई नियुक्त गरेको छ । घिमिरे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा थिए भने उपाध्याय पनि नायव प्रमुख कार्यकारी अधिकृत पदमै रहेका थिए ।

बैंकको सञ्चालक समितिले घिमिरे र उपाध्यायलाई आगामी बैशाख १० गतेदेखि लागू हुने गरी चार वर्ष अवधिको लागि नियुक्त गरेको हो ।

एनएमबि बैंक ‘दि फिनान्सियल टाईम्स’, लण्डनको ‘द व्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।