प्रहरी जवान जबरजस्ती करणी आरोपमा पक्राउ

प्रहरी जवान जबरजस्ती करणी आरोपमा पक्राउ


ग्लोब नेपाल
0
Shares

धनगढी । धनगढीमा जबरजस्ती करणी मुद्दा आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान विशाल चौधरी रहेका छन्। 

एक विवाहित महिलाले जबरजस्ति करणीको आरोप सहित जाहेरी दिएपछि चौधरीलाई नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको जनाइएको छ।