काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् ।
उनलाई काठमाडौं आउने तयारी गरेका बेला चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए ।
उनले तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै प्रचण्डको तस्बिरमा आगो लगाएका थिए ।
प्रतिक्रिया