नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द



काठमाडौं । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा दिउँसो पौने १ बजे शुरू हुनुपर्ने खेलमा वर्षाका कारण टससमेत हुन पाएन । प्रतियोगितामा नेपाल ६ खेलमा २ खेल जितेर ४ अंकसहित तालिकाको पुछारमा रहेको थियो । यस्तै हङकङ ६ अंकसहित तालिकाको तेस्रो स्थानमा थियो ।

चारदेशीय टी–२० शृङ्खलामा आजै बेलुकी पौने ५ बजे उपाधिका लागि आयाेजक युगान्डा र नामिबिया खेल्दैछन् । युगान्डा ८ अंकसहित शीर्ष र नामिबिया ६ अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका हुन् ।