मध्यविन्दु । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैंडाकोट नगर समितिको सभापतिमा विमल घिमिरे विजयी भएका छन् । १५ सदस्यीय नगर समितिमध्ये सभापति र सचिव पदमा मात्र निर्वाचन भएको हो । घिमिरेले आफ्ना निकटतम प्रतिस्पर्धी ज्ञानहरी कंडेललाई ८ मतले पछिपार्दै पहिलो नगर अधिवेशनमार्फत अध्यक्षमा चयन भएका हुन् ।
घिमिरेले १०५ मत ल्याए भने कंडेलले ९७ मत ल्याए । यस्तै, सचिव पदमा अस्मिता घिमिरेले आफ्ना निकटतम प्रतिष्पर्धी ईन्द्रकान्त रेग्मीलाई ४५ मतले पछिपार्दै विजयी भइन् । घिमिरेले १२३ मत ल्याउँदा रेग्मीले ७८ मत ल्याइन् ।
नयाँ नेतृत्व चयनका लागि सभापति र सचिव पदमा २६९ जना सदस्यले मतदान गर्ने ब्यवस्था भए पनि २०७ जना प्रतिनिधी मात्र मतदानमा सहभागी भएका थिए । पाँच पदाधिकारीमध्ये उपसभापतिमा नारायण अधिकारी र सहसचिवमा कमल सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी अन्य १० जना सदस्यहरु समेत निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक मिना शर्मा गौडेलले जानकारी दिइन् । पदाधिकारीमध्ये कोषाध्यक्ष पदमा एकजनालाई पछि मनोनित गर्ने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया