दिल्ली यू-१९ टोलीमाथि नेपाली युवा टोलीको जित

दिल्ली यू-१९ टोलीमाथि नेपाली युवा टोलीको जित



वीरगञ्ज । नेपाली युवा टोलीले भारतको दिल्ली यू-१९ टोलीलाई पराजित गरेको छ ।

आइसिसी यू–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलमा दिल्ली यू–१९ टोलीलाई ५ विकेटले पराजित गरेको हो ।

वीरगञ्जमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्यो ।

नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाए । रोशन विक २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रनको योगदान दिए ।

त्यसअघि पहिला ब्याटिङ गरको दिल्ली २३ ओभर २ बलमा ९५ रनमा समेटिएको थियो । दिल्लीका साथक पालले सर्वाधिक २९ रन बनाएका थिए ।

बलिङमा नेपालका सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले ३–३, विपिनप्रसाद शर्मा र अशोक धामीले २–२ विकेट लिएका थिए ।

विश्वकप छनोटको तयारीका लागि दिल्लीसँग तीन खेलको सिरिज खेलेपछि नेपालले अफागानिस्तानसँग पनि तीन खेलको सिरिज खेल्ने तय छ । अफगानिस्तानसँगको सिरिज चैत २१ देखि मुलपानीमा हुनेछ ।

नेपालले आगामी चैत अन्तिम सातादेखि आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन् । नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन् ।