सरकारले अब गियर परिवर्तन गर्नुपर्‍यो : सांसद खतिवडा

सरकारले अब गियर परिवर्तन गर्नुपर्‍यो : सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले अब गियर परिवर्तन गर्नुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गियर बढाउनुपर्ने बताएका हुन् ।

सांसद खतिवडाले सधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने भन्दै भने, ‘सधैं निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । आशाका किरणहरु दिन सफल हुनुपर्छ । अहिले सरकार जुन गतिमा गएको छ त्यसमा सबैको चित्त बुझेको छैन । अब गियर परिवर्तन गर्नुपर्‍यो । जुन गियर छ त्योभन्दा माथि गियरमा जानुपर्‍यो ।’

खतिवडाले आफू हिन्दू धर्म मान्ने भए पनि सबैलाई अट्ने र समेट्न जरुरी रहेको पनि बताए । ‘म आफू पनि हिन्दू धर्म मान्छु । सबै अट्ने नेपाल बनाउनुपर्छ, सबैलाई समेट्ने नेपाल बनाउनुपर्छ । म त्यो पक्षमा छु,’ उनले भने ।