सरकारले तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने

सरकारले तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने



काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौंको राजावादीले गरेको तीनकुनेको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयमा गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जानकारी दिएकाे छ ।

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।