काठमाडौं । राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ ।
जिल्ला अदालत काठमाडौंले पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणासहित ४१ जनालाई थुनामा राखेर अनुसन्धान गर्न दोस्रोपटक म्याद दिएको हाे ।
चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा मिश्रसहित ४१ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।
जिल्ला अदालतले बुधबार दोस्रोपटक ६ दिनको म्याद दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं भने अझै फरार छन् ।
प्रतिक्रिया