भारतीय नेताहरू आमन्त्रण गरेर कांग्रेसले आज विचार गोष्ठी गर्दै

भारतीय नेताहरू आमन्त्रण गरेर कांग्रेसले आज विचार गोष्ठी गर्दै

३ जना भारतीय नेता शनिबार नै काठमाडौं आइसकेका छन्


ग्लोब नेपाल
2.1k
Shares

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा नेपाली कांग्रेसले आज विचार गोष्ठी गर्दैछ । जनआन्दोलन दिवसको अबसर पारेर कांग्रेसले आज भारतीय नेताहरू आमन्त्रण गरेर विचार गोष्ठी गर्न लागेको हो ।

गणेशमान सिंह फाउण्डेसनले गर्न लागेको कार्यक्रममा लागि ३ जना भारतीय नेता शनिबार नै काठमाडौं आइसकेका छन् । नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु-याएको योगदान विषयमा विचार गोष्ठी गर्न लागिएको हो । कांग्रेस सभाापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागी हुन भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारी आइतबार काठमाडौं आइसकेका छन् । भारतीय बहुजन समाज पार्टीका नेता सुधिन्द्र भदोरिया शनिबार काठमाडौं आइसकेका छन ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा २०४६ को आन्दोलन अघि सम्मेलन हुँदा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर आमन्त्रित थिए । चन्द्रशेखर सहभागी भएको कांग्रेसको सम्मेलनले गणेशमानलाई संयुक्त जनआन्दोलनको कमाण्डर घोषणा गरेको थियो । इतिहासको त्यही सन्दर्भ स्मरण गर्दै कांग्रेसले विचार गोष्ठी राखेको हो ।