२ हजार रुपैयाँले बढ्यो सुनको भाउ

२ हजार रुपैयाँले बढ्यो सुनको भाउ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार ४ दिनको गिरावटपछि आज बुधबार वृद्धि भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यता, मंगलबार चाँदीको भाउ पछि प्रतितोला ५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।