क्यापकटको वाटरमार्कले दिक्क हुनुहुन्छ ? अब प्रयोग गर्नुहोस् ‘एडिट्स’ एप

क्यापकटको वाटरमार्कले दिक्क हुनुहुन्छ ? अब प्रयोग गर्नुहोस् ‘एडिट्स’ एप



काठमाडौं । भिडिओ सम्पादनका लागि चर्चित एप क्यापकटले हाल वाटरमार्क र विज्ञापनका कारण धेरै प्रयोगकर्तालाई असहज बनाइरहेको छ। यही समस्यालाई ध्यानमा राख्दै फेसबुकको माउ कम्पनी मेटाले नयाँ भिडिओ एडिटिङ एप ‘एडिट्स’ सार्वजनिक गरेको छ, जुन अहिले विश्वभरका प्रयोगकर्ताका लागि निःशुल्क रूपमा उपलब्ध छ।

‘एडिट्स’ एप प्रयोग गर्दा वाटरमार्क देखिँदैन र झन्झटिला विज्ञापन पनि आउँदैन । यस एपमा क्यापकट जस्तै विभिन्न ट्रान्जिसन, इफेक्ट, अडियो क्लिप, र म्युजिक उपलब्ध छन् जुन निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ। भिडिओ तयार भएपछि प्रयोगकर्ताले सोझै फेसबुक र इन्स्टाग्राममा अपलोड गर्न सक्छन्, वा आफ्नो फोनमा सेभ गरेर अन्य प्लेटफर्ममा पनि सेयर गर्न सक्छन्।

यसले देवनागरी (नेपाली) फन्ट सहजै सपोर्ट गर्ने हुनाले नेपाली प्रयोगकर्तालाइ यो एप चलाउन निकै सहज हुने छ, जसमा अक्षरहरू आकर्षक देखिन्छन् । भिडिओ क्रिएटरका लागि नेपाली भाषाको सहजता, कपिराइट फ्री म्युजिक, र एआई सपोर्टेड एडिटिङको सुविधा खोजिरहनुभएको छ भने, मेटाको ‘एडिट्स’ एप तपाईंका लागि एकदमै उपयुक्त विकल्प हुन सक्छ।