महिमानसिंहलाई एक लाख धरौटीमा छाड्न आदेश

महिमानसिंहलाई एक लाख धरौटीमा छाड्न आदेश



काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट धरौटीमा छुट्ने भएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई रिहा गर्न आदेश गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीलाई नक्कली पत्र लेखेको रहेको पाइएपछि विष्ट पक्राउ परेका थिए । उनकै नक्कली पत्रका आधारमा चौधरी वैशाख १७ गते पक्राउ परेका थिए ।