एमसीसी उपाध्यक्ष फतिमाको चार दिने नेपाल भ्रमणमा के–के छन् कार्यक्रम

एमसीसी उपाध्यक्ष फतिमाको चार दिने नेपाल भ्रमणमा के–के छन् कार्यक्रम



काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन ‘एमसीसी’ उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चारदिने भ्रमणमा आज नेपाल आउदैछन ।

दुबै जना एमसीसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिन नेपाल आउन हुन । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसिसीबीच भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । सम्झौता अनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

सम्झौता भएको परियोजनामा ४ सय किलोभोल्ट क्षमताको ३ सय १८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा तीन सय किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएको छ ।

सम्झौतका कतिपय बुँदालाई लिएर नेपालमा विरोध हुँदै आइरहेको समयमा हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो ।