काठमाडौं । उपसभामुख इन्दिरा राना मगर चारदिने औपचारिक भ्रमणका लागि दक्षिण अफ्रिका पुगेकी छन्।
बुधबार बिहान काठमाडौंबाट प्रस्थान गरेकी राना मगरले प्रिटोरिया शहरमा आयोजना हुने एक अन्तर्राष्ट्रिय स्तरको लोकतन्त्रसम्बन्धी संवादमा सहभागी हुने कार्यक्रम रहेको छ।
‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पनास् विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयमा जुन १९ र २० मा हुने यो उच्चस्तरीय संवाद कार्यक्रम इन्टरनेशनल आइडिया, ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहकार्य विभागको संयुक्त आयोजनामा हुँदैछ।
उपसभामुखले कार्यक्रममा नेपालको तर्फबाट सहभागिता जनाउँदै लोकतान्त्रिक अभ्यासका अनुभव साझा गर्ने बताइएको छ।
उनको स्वदेश फिर्ती कार्यक्रम आगामी ८ जेठमा तय गरिएको छ।


प्रतिक्रिया