एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित

एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित



काठमाडौं । मलेसियामा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ६ विकेट र १६.३ ओभर बाँकी छँदा पुरा गर्याे ।

नेपाललाईका ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाए । उनी ५५ बलमा अविजित रहे ।

नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते भएर ९ रन बनाएर मैदानबाट बाहिरिएका थिए । रौनक श्रीवास्तवले ४४ बलमा ४० रन जोडेका थिए ।

यसअघि पहिले बलिङ गर्दै नेपालले सिंगापुरलाई १३५ रनमा रोकेको थियो । नेपाली टीमका कप्तान विपीनप्रसाद शर्माले ४ विकेट लिएपछि सिंगापुर कमजोर स्कोरमा समेटिएको हो ।

सिंगापुरका कप्तान रियान नाइकले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक बनाए । चौथो नम्बरमा आएका उनले ५३ बलमा ५३ रन जोड्दै टीमलाई अगाडि बढाएका थिए । ओपनर आहान भुथान्दमले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा ३८ रन जोडेका थिए ।

नेपालका कप्तान शर्माले ३४ रनको खर्चमा ४ विकेट लिँदै सिंगापुरको ब्याटिङ धराशयी बनाएका थिए । सिंगापुरले थप ७० रन जोड्दा ८ विकेट गुमाएको थियो ।

नेपालका लागि सचित भट्टले ६ ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका छन् । यस्तै अभय यादव र शुभम खनालले एक-एक विकेट लिए ।