कुलिङ पिरियडको गल्ती राष्ट्रियसभाले सच्याउँछ : सभामुख घिमिरे

कुलिङ पिरियडको गल्ती राष्ट्रियसभाले सच्याउँछ : सभामुख घिमिरे

‘समितिबाट जे आएको छ, त्यही पारित भएको हो’



काठमाडौं । संघीय निजामती ऐनको ‘कुलिङ पिरियड’ सम्बन्धी चलिरहेको बहसमा सभामुख देवराज घिमिरेले अहिले चर्चामा आएको त्रुटि राष्ट्रियसभाबाट सच्याइने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले भने, ‘समितिबाट जे प्रस्ताव आयो, त्यही पारित भएको हो । सदनले त्यसमा केही थपघट गरेर पास गरेको होइन ।’

समितिमा भएको छलफलको नियत एउटा भए पनि परिणाम अर्कै देखिएको भन्दै समितिकै सदस्यहरूले गुनासो गरेको सभामुखले बताए । उनले भने, “समितिमा किन गर्‍यो ? कसले गर्‍यो ? छानबिन त गर्नैपर्छ । विश्वासअनुसार काम गर्नुपर्‍यो । गलत चिज पास हुनुभएन ।”

यो घटनाले हरेक विधेयकको जवाफदेहिताको जिम्मेवारी सम्बन्धित समितिकै हुने स्पष्ट उदाहरण प्रस्तुत गरेको सभामुख घिमिरेको भनाइ थियो ।