पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन जाने

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन जाने



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने भएका छन् ।

चीनमा आयोजना हुने वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभको सम्मेलनमा भाग लिन नेता खनाल आइतबार त्यसतर्फ जान लागेका हुन् ।

खनाल ६ दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको बताइएकाे छ ।