चिकित्सक आन्दोलन: आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मारमा

चिकित्सक आन्दोलन: आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मारमा



काठमाडौँ । नेपाल चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सबै सेवा बन्द भएका छन्। चिकित्सकहरूमाथि उपभोक्ता अदालतबाट क्षतिपूर्तिको निर्णय आउन थालेपछि सङ्घले विरोधस्वरूप चरणबद्ध आन्दोलन थालेको हो।

यसअघि, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अघिल्लो सातादेखि कालोपट्टी बाँधेर काम गर्दै विरोध जनाएका थिए। आज भने उनीहरूले आकस्मिकबाहेकका सेवा पूर्णरूपमा अवरुद्ध गरेका छन्।

सङ्घले चिकित्सकीय लापरबाहीसँग सम्बन्धित मुद्दा हेर्ने अधिकार नेपाल मेडिकल काउन्सिलमा मात्र सीमित हुनुपर्ने माग राखेको छ। माग पूरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी पनि दिएको छ।

चिकित्सकहरूको आन्दोलनका कारण देशभरका सर्वसाधारण बिरामीलाई गम्भीर समस्या परेको छ।